पहिलो एकदिवसीयमा भारत विजयी

एजेन्सी । न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले पहिलो एकदिवसीयमा जित हात पारेको छ । बुधबार दिउँसो भएको खेलमा न्युजिल्याण्डमाथि ५ विकेटको जित हासिल गर्दै भारतले ५ खेलको एकदिवसीयमा १-० को अग्रता लिएको हो ।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पाएको भारतले १०.५ ओभरमा एक विकेटको क्षतिमा ५४ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लुइस पद्दतिको आधारमा जितको लागि ३२ ओभरमा १ सय ४३ रनको लक्ष्य पाएको भारतले २२.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । भारतको लागि विराट कोहलीले अर्धसतक बनाए । उनले ५१ बल खेल्दै १३ चौका र १ छक्काको मद्दतमा ७४ रन बनाए । यस्तै कप्तान शुभ्मन गिलले ३७ र श्रेयस आयरले १५ रनको योगदान गरे ।

न्युजिल्याण्डको लागि जाकोब डुफीले ७ ओभरमा ४९ रन खर्चेर तीन विकेट लिँदा केल जेमिसन र नाथन स्मिथले समान एक/एक विकेट लिए ।

यसअघि इडेन पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले ४०.२ ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । न्युजिल्याण्डको लागि टिम सेफेर्टले ३८, बलार टिक्नरले  ३४, ग्लेन फिलिप्सले ३०, डार्यल मिट्चेलले २८ र जाकोब डुफीले नटआउट १५ रन बनाए ।

भारतको लागि अर्शदिप सिंहले १० ओभरमा ७० रन दिएर ४ विकेट लिँदा गुर्नरले तीन र अन्शुल कम्बोजले दुई विकेट लिए ।

दुई टोलीबीचको दोस्रो एकदिवसीय शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *