विराटनगरद्वारा जनकपुरलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले जनकपुरलाई जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको हो । विराटनगरको लागि लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धसतक बनाए । इमरानले ४५ बलमा ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाउँदा आन्द्रे रसेलले नट आउट ५२ रन बनाए । उनले २९ बलमा ५ छक्का र २ चौका प्रहार गरे । यस्तै लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।

जनकपुरको लागि अभिषेक तिवारीले दुई विकेट लिँदा मोइन अलीले एक विकेट लिए । अब जनकपुरले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *