प्रधानमन्त्रीको सचिवालयले भन्यो- पत्रकार पक्राउमा प्रधानमन्त्रीको संलग्नता छैन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री तथा उनको सचिवालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले घटनाबारे प्रधानमन्त्री र उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी हुन् ।

उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ।

​उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको
छ ।”

शुक्रबार प्रहरीले पत्रकार विश्वमणि सुवेदी र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *