पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयासप्रति आपत्ति जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै काउन्सिलले पक्राउको स्पष्ट कारण र कानुनी आधार नखुलाई पत्रकारलाई नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र व्यावसायिक सुरक्षामाथिको चुनौती भएको जनाएको छ ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ । साथै, कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न सरकार तथा प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।

समाचार सामग्रीप्रति असहमति भए त्यसको छानबिन र निरूपण गर्ने जिम्मेवारी प्रेस काउन्सिलको रहेको उल्लेख गर्दै समाचारकै विषयमा सिधै प्रहरी परिचालन नगर्न पनि काउन्सिलले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *