सोवा रिग्पा इन्टरनेशनल कलेजको आयोजनामा तीनदिने ‘सोवा रिग्पा गोष्ठी’ सुरु

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धप्राप्त सोवा रिग्पा इन्टरनेशनल कलेजको आयोजनामा काठमाडौँको बौद्ध–६ स्थित टिबेट इन्टरनेशनल होटलमा तीनदिने ‘सोवा रिग्पा गोष्ठी २०२६’ सुरु भएको छ  ।

गोष्ठीको उद्घाटन सत्रमा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा विशेष अतिथिका रूपमा उपस्थित थिए । गोष्ठीको उद्घाटन गर्दै सोवा रिग्पा नेपालको हिमाली बौद्ध परम्पराको एक अमूल्य र प्राचीन चिकित्सा पद्धति भएको बताए । साथै, प्राचीन पद्धतिको जगेर्ना, प्रवद्र्धन र विकासका लागि आधुनिक शिक्षण विधिसँग जोड्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा उनले विशेष जोड दिए ।

उद्घाटन कार्यक्रममा परम्परागत सोवा रिग्पा चिकित्सा पद्धतिका विज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सक्रिय सहभागिता रहेको छ । आजदेखि तीन दिनसम्म सञ्चालन हुने यस गोष्ठीमा प्राचीन चिकित्सा विज्ञान र आधुनिक शिक्षाप्रणालीबीचको समन्वय, चुनौती र सम्भावनाबारे विभिन्न प्राविधिक सत्रहरूमा विस्तृत छलफल तथा अनुसन्धानात्मक प्रस्तुतिहरू रहने कलेजले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *