काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खलेमा विराटनगर किंग्सले कर्णाली याक्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले कर्णालीलाई जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको हो । विराटनगरको लागि लोकेश बमले अर्धसतक बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ५२ बलमा ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन बनाए । यस्तै एन्जेलो म्याथ्युसले ३१, आन्द्रे रसेलले २७, बासिर अहमदले १३ र शेहान जयशुर्याले ११ रनको योगदान गरे ।
कर्णालीको लागि कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । यस्तै नन्दन यादव र मार्क वाटले एक/एक विकेट लिए ।
अब कर्णालीले जवाफी ब्याटिङ गर्नेछ ।
