भोटेकोसी बाढीमा बेपत्ताको पहिचानमा सघाउन अमेरिकाले पठायो डीएनए परीक्षण सामग्री

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले गत भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता तथा प्रभावित भएका व्यक्तिहरूको पहिचान गर्न नेपाल प्रहरीलाई थप डीएनए परीक्षण सामग्री उपलब्ध गराएको छ ।

पाल प्रहरीको डीएनए परीक्षण तथा पहिचान प्रक्रियालाई विस्तार गर्न अमेरिकाले उक्त सामग्री सहयोग गरेको हो । यसबाट बाढीमा परी बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान गर्न र आफ्ना प्रियजनको खबर पर्खिरहेका परिवारलाई जानकारी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अमेरिकी दूतावासका अनुसार यसै साता एफबीआईका सहायक कानुन कार्यान्वयन सम्पर्क अधिकृत राइली पामलट्रीले अमेरिकी कम्पनी थर्मो फिसर साइन्टिफिकद्वारा उत्पादित डीएनए परीक्षण सामग्रीका दुई खेप प्राप्त गरेका छन् ।
नेपालको र्यापिड डीएनए प्रणालीलाई सहयोग गर्ने उद्देश्यले अमेरिकाले एक मिलियन अमेरिकी डलर (१० लाख अमेरिकी डलर) योगदान गरेको पनि जनाइएको छ ।

अमेरिकाले नेपालमा बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्दै आएको छ । दूतावासका अनुसार अमेरिकाले हालसम्म जीवनरक्षा तथा विपद् पुनःस्थापनासम्बन्धी सहायताका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *