सिरहाको सीमावर्ती क्षेत्रबाट १५२ किलो गाँजा बरामद

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सीमावर्ती क्षेत्रबाट १५२ किलोभन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ।

बिहीबार सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहा र मातहतको बीओपी नवराजपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले नवराजपुर गाउँपालिका–५ स्थित झाझपट्टी सीमावर्ती क्षेत्रबाट गाँजा बरामद गरेको हो।

नेपालबाट भारततर्फ अवैध रूपमा चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा १५२ किलो १६० ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *