रोमाञ्चक खेलमा बार्सिलोनामाथि पीएसजीको जित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा साविक विजेता पेरिस सेन्ट जर्मन(पीएसजी)ले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ४-२ गोलले हराउँदै पीएसजीले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई जित दिलाउन डेसिर डोए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले समान एक/एक गोल गरे । बार्सिलोनाको लागि जाभी इस्पार्ट र लामिने यामालले समान एक/एक गोल फर्काए । खेलको ३८ औँ मिनेटमा जाओ नेभेसको पासमा डोएले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५५ औँ मिनेटमा फेर्मिन लोपेजको पासमा इस्पार्टले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । ७२ औँ मिनेटमा डोएको कर्नरमा हर्नान्डेजले हेडर गोल गर्दै पीएसजीलाई २-१ गोलको अग्रता दिलाए । ७९ औँ मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई फेरी २-२ गोलको बराबरीमा ल्याए ।

दुई मिनेटपछि भिटिन्हाले गोल गर्दै पीएसजीलाई फेरी ३-२ गोलको अग्रता दिलाए । यस्तै ८६ औँ मिनेटमा अचार्फ हकिमीको पासमा रुइजले गोल गर्दै पीएसजीलाई ४-२ गोलको जित दिलाएका हुन्  ।

जितसँगै पीएसजी ३ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ६ अंक जोडेको बार्सिलोना पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *