काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका कैदी सन्तोष जलारी पक्राउ परेका छन् । जलारी असोज ३१ गते राति कास्की कारागारबाट फरार भएका थिए ।
फरार भएपछि उनको खोजतलास भइरहेको थियो । खोजतलासका क्रममा प्रहरी टोलीले मंगलबार पोखरा महानगरपालिका–स्थित पृथ्वीचोकमा रहेको न्यू झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा जलारीलाई पक्राउ गरेको हो ।
