प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिचको दोस्रो टि-२० खेलमा भारतले टस जितेर इङ्ल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
नरेन्द्र मोदी रंगशालामा शुरु हुन गइरहेको खेलमा इङ्ल्याण्ड आजको खेलमापनि जित निकाल्दै सिरिजमा आफ्नो अग्रता दोब्बर बनाउन चाहन्छ । पहिलो खेलमा इङ्ल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो ।
यता भारत भने पहिलो खेलमा भएको कमजोरीलाई सुधार्दै आजको खेलमा जित निकाल्न चाहन्छ । पहिलो खेलमा इङ्ल्याण्डको बलिङसामु भारतको ब्याटिङ कमजोर देखिएको थियो ।
भारतको प्लेइङ ११:- इसान किसान, केएल राहुल, विराट कोहली(कप्तान), श्रेयस आयर, ऋषभ पन्त(विकेटकिप्पर), शुर्यकुमार यादव, हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, युज्वेन्द्र चहाल,
इङ्ल्याण्डको प्लेइङ ११:– जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनी बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान, क्रिस जोर्डान, जोफ्रा आर्चर, टोम कुरान, अदिल रसिद,
तस्बिर:- आईसीसी
