हुम्ला । यही असोज १० गते परेको हिमपातले ढाकिएको लिमि भ्याली र आसपासको क्षेत्र । लिमि क्षेत्रमा रहेका, तिल, हल्जी र जाँङगाउँ हिउँले भरिएको र सडक खुलाउन नसकिएका कारण यहाँ अहिले करिब ३०० देखि ३५० सम्म याक, झौवा र घोडाहरु हिउँ नपर्ने क्षेत्रमा लैजान सकिएको छैन । याक, झौवा र घोडाहरु असार, साउन महिनामा चरीचरन क्षेत्र पाटन ल्याइएको थियो ।
तस्बिरः कालीबहादुर थापा/रासस







