मधेसी क्लस्टरबाट कांग्रेस सहमहामन्त्रीमा फिरदोस आलम निर्वाचित

काठमाडौं । मोहम्मद फिरदोस आलम नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनमा मधेसी क्लस्टरबाट आलम सहमहामन्त्री निर्वाचित भएका हुन् ।

उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् । उनी रौतहट–२ बाट निर्वाचित भएका थिए ।

फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । उनको गतवर्ष निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *