कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउँछौँः सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन् ।

पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले सोमबार आयोजना गरेको शोकसभामा उनले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताए ।

सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताए ।

सभामा दिवङ्गत नेता गुरुङले पार्टी र समाजमा पुर्याएको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *