काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन् ।
३ हजार ७ सय ८६ मत गणना हुँदा खतिवडाले १, ६५१ मत प्राप्त गरेका छन् । अजयबाबु सिवाकोटीले १,१८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, डिल्लीराम सुवेदीले ९६१, देवेन्द्रराज कडेलले ७८१, , विकास कोइरालाले ६२३, राजीव ढुंगानाले ६२९, रमेशप्रसाद धमलाले ४२४, अमृतकुमार अर्यालले ४६९, विमलराज क्षेत्रीले १५७ मत प्राप्त गरेका छन् ।
