यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल वुडफर्डलाई

बीबीसी । यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल वुडफर्डलाई प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कार समितिले उनीहरूले गरेको ‘समष्टिगत आर्थिक स्थायित्वका लागि सूक्ष्म आर्थिक धरातल’ सम्बन्धी अर्थशास्त्रीय अनुसन्धान र समष्टिगत अर्थतन्त्रका मोडेलहरू निर्माण गरेकाले पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ।

नोबेल समितिका अनुसार उनीहरूले निर्माण गरेको समष्टिगत अर्थशास्त्रीय नयाँ मोडेलहरूले स्थायित्वका नीतिहरू कार्यान्वयन गर्ने क्षमतामा सुधार ल्याएको छ।

‘यी मोडेलहरूका आधारमा वित्तीय र मौद्रिक नीतिका उपायहरूमार्फत् आर्थिक उतारचढावलाई घटाउन सकिन्छ,’ समितिले भनेको छ। गत साता सोमवारदेखि विभिन्न विधाका विजेताको नाम घोषणा गर्ने क्रम सुरु भएको थियो। यससँगै सबै विधाका विजेताहरूको नाम टुङ्गो लागेको छ।

सन् १९६९ देखि अहिलेसम्म गरेर नोबेल समितिले ५८ पटक अर्थशास्त्रतर्फ विभिन्न व्यक्ति र संस्थालाई तिनको योगदानको सम्मानार्थ पुरस्कृत गर्ने घोषणा गरेको छ।

अहिलेसम्म पुरस्कृत हुनेमध्ये सन् २०१९ का विजेता एस्टेर डुफ्लो सबैभन्दा कम उमेरका व्यक्ति हुन्। उनी त्यतिबेला ४६ वर्षका थिए। सन् २००७ मा पुरस्कार घोषणा हुँदा लिओनिड हर्विच ९० वर्षका थिए। उनी यो विधामा पुरस्कृत हुने वृद्ध व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *