प्रज्जवल थापा । चर्चित नायिका आँचल शर्मा र डाक्टर उदीप श्रेष्ठले आफ्नो पहिलो वैवाहिक वर्षगाँठको अवसरमा नवजीवन परोपकार समाजलाई सहयोग गरेका छन् ।
तारकेश्वर काठमाडौं स्थित रहेको संस्थामा नायिका आँचल शर्मा आफ्नो श्रीमान उदीपसँगै परिवार लिएर सहयोग गर्न पुगेकी थिइन् । आँचल र उदिपले विभिन्न खाद्य समाग्रीसहित ४२ इन्चको टेलिभिजन समाजलाई सहयोग गरेका हुन् ।

नवजीवन समाजले असाय अपांग, दृष्टिविहिन, मनोरोग र सडकमा अलपत्र परेका बालबालिका तथा वृद्धाहरुलाई उद्दार गर्ने काम गर्दछ।
यसअघिपनि आँचलले आफ्नो जन्मदिनको अवसरमा विभिन्न संस्थालाई सहयोग गर्दै आएकी थिइन् । उदीप र आँचलले आफ्नो प्रेम सम्बन्धलाई एक वर्ष अगाडि वैवाहिक जिवनमा परिवर्तन गरेका थिए ।

तस्विर:- प्रान्जल
