भोजपुरमा दुई सय ४४ किलो गाँजासहित १९ वर्षीय युवक पक्राउ

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट २४४ किलो ७७० किलोग्राम गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान ३ः३० बजेको समयमा भोजपुरको आमचोक गाउँपालिका–७ बस्ने १९ वर्षीय एकराज मगरलाई २४४ किलो ७७० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसक्रममा प्रहरीले को. प्र. ०१–०२–०४६ प ८६५१ नम्बरको मोटरसाइकल र मोबाइल १ थान नियन्त्रणमा लिएको छ । बरामद भएको लागुऔषध गाँजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *