इथियोपियाली सेनाको मुख्यालयमा विस्फोट

आदिस अबाबा । इथियोपियाली सेनाको मुख्यालयमा रातभरि विस्फोट भएको स्रोतहरूले बताएका छन् भनेसरकार समर्थक सेनाले उत्तरमा विद्रोही सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको छ ।

इथियोपियाको राजधानी आदिस अबाबामा रहेको सैनिक मुख्यालयमा भएको विस्फोटबारे सेनाको आधिकारिक भनाई आइसकेको छैन ।

सेप्टेम्बर २३ मा इथियोपियाली सेना र टिग्रे पिपल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) बीच भारी लडाई सुरु भएको थियो। यसले अनुमानित छ लाख मानिसको मृत्यु भएको सन् २०२० देखि सनु २०२२ सम्म चलेको विनाशकारी गृहयुद्ध फर्किने डर बढाएको छ ।

जुन महिनामा भएको निर्वाचनमा बहुमत पाएपछि प्रधानमन्त्री अबिय अहमद आगामी सोमबार नयाँ कार्यकालका लागि शपथ लिने तयारी चलिरहँदा सैन्य मुख्यालयमा भएको विष्फोटले उनलाई जटिल चुनौती हुने पुष्टि गर्छ । उनी धेरै मोर्चामा द्वन्द्वको सामना गरिरहनुपरेको छ भने धेरै सशस्त्र समूहले उनकाविरुद्ध गठबन्धन बनाएका छन्।

अदिस अबाबाको टोर हायलोच क्षेत्रमा रहेको इथियोपियन नेशनल डिफेन्स फोर्स (ईएनडीएफ) को मुख्यालयमा मध्यरातदेखि बिहान १ बजेसम्म विस्फोट भएको कूटनीतिक र सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन् ।

उनीहरूले विस्फोटको प्रकृति वा जिम्मेवार को हो भन्न सकेनन् न त कुनै हताहतको आँकडा नै सार्वजनिक गरेका थिए । यो विद्रोही आक्रमण भएको पुष्टि भयो भने यो पछिल्ला वर्षहरूमा राजधानीलाई लक्षित गरिएको पहिलो घटना हुनेछ।

विष्फोटका समय काम गरिरहेका सहकर्मीहरूलाई  उदृत गर्दै घटनास्थल नजिकैको एउटा बारका कर्मचारीले भने, “विस्फोट मुख्यालयमा भएको थियो र शक्तिशाली थियो । यसले वरपरको क्षेत्रमा समेत ठूलो आवाज आएको र जमिन तथा घरहरू थर्किएका थिए । विस्फोटले छरछिमेकका मानिसहरूमा ठूलो आतङ्क नै फैलाएको थियो।”

“केही मिनेटसम्म विचलित पार्ने हल्लापछि विस्फोट सुनिएको थियो,” स्थानीय बासिन्दाले थपे। प्रधानमन्त्रीको कार्यालय वा सेनाका प्रवक्ताले टिप्पणीका लागि गरिएका अनुरोधहरूको जवाफ दिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *