काठमाडौँ । २० औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फको खेलमा नेपाल विजयी भएको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि सन्दिप जोराले ३४, रोहित पौडेलले नटआउट ३३ र दीपेन्द्र सिंह एरिले १५ रन बनाए ।
यस्तै कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २ रन बनाएको हो । नेपालको लागि कुशल भुर्तेलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर ४ विकेट लिए । यस्तै ललित राजवंशीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए ।
