अफगानिस्तानद्वारा नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौँ । २० औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फको जारी खेलमा अफगानिस्तानले नेपाललाई मध्यम प्रस्तुत गरेको हो । कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा अफगानिस्तानले नेपाललाई जितको लागि १ सय ३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा  १ सय २ रन बनाएको हो ।

नेपालको लागि कुशल भुर्तेलले ४ ओभरमा  १ मेडन राख्दै २१ रन दिएर ४ विकेट लिए । यस्तै ललित राजवंशीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *