पोखराबाट फ्लाई दुबईको पहिलो अन्तर्राष्ट्रिय उडानमार्फत जाने यात्रुलाई महानगर प्रमुख आचार्यले गरे बिदाइ

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ  । पहिलो उडानमार्फत विदेश प्रस्थान गर्न लागेका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थल पुगेर बिदाइ गरेका छन् ।

फ्लाई दुबईको उडान सुरु भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट पोखरा तथा आसपासका क्षेत्रका नागरिकलाई वैदेशिक यात्रा तथा अन्तर्राष्ट्रिय आवतजावतमा थप सहजता पुग्ने विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान विस्तारले पोखराको पर्यटन प्रवर्द्धन, विदेशी पर्यटकको आगमन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडान विस्तारका लागि पहल हुँदै आएकोमा फ्लाई दुबईको पहिलो उडानलाई त्यसतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *