नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ बाट प्रहरीले १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
