रेशम चौधरीको आममाफी सर्वोच्चबाट सदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आममाफीविरुद्ध परेको रिट खारेज गर्दै राष्ट्रपतिको निर्णयलाई कायम राखेको हो ।

२०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले २०८० जेठमा चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

कडायतले क्रूरतापूर्वक हत्या भएको घटनामा चौधरीलाई आममाफी दिनु कानुनसम्मत नभएको जिकिर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *