सेमिफाइनलबाटै बाहिरिन् एरिका

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको महिला ६८ केजीमाथिको सेमिफाइनलमा पराजित भएकी छन्।

आइतबार जापानको तोयोहाशी जिम्नाजियममा भएको सेमिफाइनलमा एरिका काजकिस्तानकी सोफिया बेरुल्टसेभासँग २–१ ले पराजित भइन्। कडा प्रतिस्पर्धाबीच एरिकाले खेल आफ्नो पक्षमा पार्न सकिनन्। यसअघिको संस्करणको फाइनलमा पनि एरिका बेरुल्टसेभासँगै पराजित भएकी थिइन्।

यसअघि क्वार्टरफाइनलमा एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।

यस्तै, नेपाली खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ पनि सेमिफाइनलमै पराजित भए। राकेश पुरुष ५५ केजीमुनिको प्रतिस्पर्धामा उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग ७–० ले तथा मीन ६० केजीमुनिमा कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले पराजित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *