यस्तो छ प्रदीप ज्ञवालीले पुनर्लेखन गरेको एमाले कार्यदलको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले गत फागुन २१ गतेको निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गर्दै तेस्रो प्रतिवेदन तयार गरेको छ ।

यसअघि महासचिव शंकर पोखरेल र नेता रामबहादुर थापा ‘बादल’ले तयार पारेका प्रतिवेदन विवादमा परेपछि अध्यक्ष केपी शर्मा ओलीको जिम्मेवारीमा नेता प्रदीप ज्ञवालीले नयाँ समीक्षा प्रतिवेदन तयार गरेका हुन् ।

ज्ञवालीको प्रतिवेदनमा निर्वाचनमा पार्टी पराजित हुनुका कारणहरू उल्लेख गरिए पनि त्यसको ठूलो हिस्सा अध्यक्ष ओलीको नेतृत्वको बचाउमा केन्द्रित रहेको बताइएको छ । यसअघि पोखरेलको प्रतिवेदनमा नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको र बादलको प्रतिवेदनसमेत विवादमा परेको थियो ।

जेनजी आन्दोलन, भूराजनीतिक चलखेल र डिजिटल एल्गोरिदम, राजनीतिक अस्थितर र छिटोछिटो बदलिने समीकरणको असरले एमाले हारेको प्रतिवेदनमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *