केनको दुई गोलमा टोटेन्हाम विजयी

प्रज्जवल थापा । ह्यारी केनले दुई गोल गरेको खेलमा इङ्लिस क्लब टोटेन्हाम विजयी भएको छ । युरोपा लिग अन्तर्गत भएको अन्तिम १६ को पहिलो लेगमा टोटेन्हामले डिनामो जाग्रेबलाई २-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । २५ औं मिनेटमा इरिक लमेलाको पासमा केनले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । ७० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेन्हामलाई २-० गोलको सहज जित दिलाए ।

अब दुई टोलीबिच दोस्रो लेग डिनामोको घरेलु मैदानमा मार्च १८ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *