म्यानचेस्टर डर्बीमा सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी विजयी भएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटीलाई जित दिलाउन इर्लिङ ब्राउट हालान्डले निर्णायक गोल गरे । पहिलो हाफको २३ औँ मिनेटमा फिल फोडेन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा समेटिएको हो ।

६० औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १-० गोलको जित दिलाएका हुन् । जितसँगै सिटी ४ खेलबाट १२ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको १३ औँ मिनेटमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *