एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।

एसियन गेम्सअन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *