काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षमा दीपक केसी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा केसी ३९० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरेका थिए भने अर्का उमेदवार प्रमोद पौडेलले ३४ मत प्राप्त गरेका छन् । केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वसंयोजक हुन् । उनी अध्यक्ष राजेन्द्र लिङ्देन निकट हुन् ।
