अरिङ्गालले खिलेर तनहुँमा एक जनाको मृत्यु

दमौली । तनहुँको भीमाद नगरपालिका–२ टेक्रेमा अरिङ्गालले खिलेर एक जनाको मृत्यु भएको छ ।

आइतबार अरिङ्गालले खिलेर गम्भीर घाइते भएका सोही स्थानका ४२ वर्षीय धनबहादुर थापाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *