राप्रपा काठमाडौं अध्यक्षमा ऋद्दि प्रताप जबराको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौं जिल्ला अध्यक्ष पदका लागि आइतबार निर्वाचन हुँदैछ । अध्यक्षका लागि ऋद्दि प्रताप जबरा, श्याम घिमिरे, दीपक केसी, प्रमोद पौडेललगायत उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

उम्मेदवारी घोषणा गर्दै जबराले राप्रपा काठमाडौंलाई संगठनात्मक रूपमा बलियो बनाउँदै निर्वाचनमा परिणाम निकाल्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

‘म भाषण होइन, परिणाम निकाल्छु,’ जबराले भने। उनले काठमाडौंका प्रत्येक वडा र टोलसम्म संगठन विस्तार गर्ने, कार्यकर्तालाई सक्रिय बनाउने तथा युवालाई नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन् । राजसंस्था र हिन्दूराष्ट्रप्रतिको पार्टीको अडानमा कुनै सम्झौता नगर्ने उल्लेख गर्दै जबराले राष्ट्रियता, प्रजातन्त्र र उदारवादप्रतिको आफ्नो राजनीतिक धारणा स्पष्ट रहेको बताए ।

उनले राप्रपा काठमाडौंलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठन नभई नियमित रूपमा जनतामाझ उपस्थित रहने संगठन बनाउने दाबी गरेका छन् कार्यकर्ताको सम्मान, योग्य युवालाई अवसर तथा संगठनमा निर्णय क्षमता, जवाफदेहिता र पारदर्शिता कायम गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘म पद खोजिरहेको छैन, जिम्मेवारी खोजिरहेको छु। म प्रशंसा खोजिरहेको छैन, परिणाम दिने अवसर खोजिरहेको छु,’ जबराले भने। उनले आफूले धेरै प्रतिबद्धता व्यक्त गर्नुभन्दा काम गरेर देखाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *