विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छः अध्यक्ष यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालको जिल्ला समितिद्वारा मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा उनले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए ।

ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताए । यसका लागि संयुक्त राष्ट्रसङ्घमा नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उनले माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *