तोलामा तीन हजार ५०० रुपैयाँले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तीन लाख एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेको छ । यसदिन चाँदी तोलामा चार हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *