१८ अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से १८.०७ अंकले बढेको हो । आज ३५२ वटा कम्पनीको ९२ लाख ९८ हजार कित्ता शेयर ३ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएकामध्ये १९५ वटा स्टक्सको मूल्य बढ्दा ७९ वटाको घट्यो ।

४ वटा  कम्पनीको मूल्य भने स्थिर रह्यो । यस्तै, सोमबार लगानीकर्ताले सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको कारोबार गरेका छन् । यो कम्पनीको २५ करोडको कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *