नुवाकोटको तादी खोलामा एक्रो ब्रिज निर्माण सुरु

काठमाडौँ । भोटेकोसी बाढीले पुल बगाएपछि नुवाकोटको तादी खोलामा एक्रो ब्रिज निर्माणको काम सुरु भएको छ । नेपाली सेनाले सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा एक्रो ब्रिज जडान गर्न लागेको हो ।

बाढीले दर्जनौ पुल बगाएको छ । जसका कारण रसुवा र नुवाकोटको सम्पर्क विच्छेद भएको छ । सम्पर्क विच्छेद भएपछि अहिले कतिपय स्थानमा तुइनसमेत निर्माण गरिएको छ । त्यस्तै बाढीले ५३ वटा झोलुंगे पुलमा क्षति पुर्याएकोमा २० वटा झोलुंगे पुलको मर्मत सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *