चिनियाँ अधिकारीहरुले स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । स्वास्थ्य अधिकारीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् ।
बुधबार चीनमा पाँच जनामात्र सङ्क्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको छ । बेइजिङमा बुधबार दिइएको जानकारीमा यहाँ मंगलबार पाँच जना सङ्क्रमित भेटिएका थिए र उनीहरु सांघाइमा भेटिएका थिए । उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
