काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि हालसम्म ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आज बिहान ९ बजेसम्म रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ। चितवनमा विभिन्न मानव अंगसमेत फेला परेको जनाइएको छ।
बाढीमा २४२ जना घाइते भएका छन्। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्। हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ।

