महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका –५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चजाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।
चरेससहित जिप चालक जिल्ला बझाङ, बुंगल नगरपालिका १ बस्ने २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङ, केदारस्युँ गाउँपालिका –७ बस्ने ५० वर्षीय करन धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
