तत्कालीन रोयल मर्चेन्ट फाइनान्सका सञ्चालकविरूद्ध ११ वटा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक लगानी कोषको समेत लगानी रहेको साविकको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेबाट कर्जा प्रवाहमा अनियमितता भएको भन्दै ११ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

अख्तियारले लगानीकोषको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका नवौ तहका तत्कालीन कर्मचारी छविरमण अधिकारी समेत तत्कालीन संचालक बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्य गरी ७ जना विरूद्ध मुद्दा दायर गरेको हो ।

दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरी आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको सम्पत्ति बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *