काठमाडौं । सभामुख डीपी अर्यालले दुई सांसदले सदनमा प्रयोग गरेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
सभामुख अर्यालले रास्वपाकी सांसद इन्दिरा राना र एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय र अर्मयादित शब्द हटाउन सोमबार निर्देशन दिएका हुन् ।
भदौ १ गतेको बैठकमा सांसद रानाले प्रयोग गरेको भालु, वेश्या’ र ‘साइबर सेना’ जस्ता शब्द हटाउन निर्देशन दिएका छन् । त्यस्तै, बादलले भदौ ३ गतेको बैठकमा प्रयोग गरेका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दलाई अभिलेखबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिएका हुन् ।
