नेपाली खेलाडी चम्केको खेलमा मासा युनाइटेडको फराकिलो जित

प्रज्जवल थापा । नेपाली खेलाडी चम्किएको खेलमा मासा युनाइटेडले पाकिस्तानको राष्ट्रिय महिला वुमेन्स फूटबल च्याम्पियनसिपमा फराकिलो जित निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा मासा युनाइटेडले सिअलकोट सिटी महिला फूटबल क्लबलाई १९-० गोल अन्तरले पराजित गर्दै लिगमा शानदार शुरुवात गरेको हो ।

नेपाली खेलाडी एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासा विपक्षी टोलीमाथि शुरु देखिनै हावी भएको थियो । मासालाई जित दिलाउन नेपाली खेलाडी शरु लिम्बुले १०, अनिता केसीले ६ गोल गर्दा गिता रानाले एक गोल गरिन् । यस्तै जारा इक्बाल र साम्रोजले एक/एक गोल थपे । मासाले पहिलो हाफमा ९ र दोस्रो हाफमा १० गोल गरेको थियो । शरु लिम्बुले खेलको १२,१८,२५,४०,४२,४५+२,५४,६७,८५ र ८७ औं मिनेटमा गोल गरिन् ।

यस्तै अर्की नेपाली खेलाडी अनिता केसीले खेलको २९,४९,५३,५८,७२,७३ औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पूरा गरिन् । यस्तै गिता रानाले ६३ औं मिनेटमा गोल गर्दा स्वेदेशी खेलाडी जाराले ३७ औं र साम्रोजले ४४ औं मिनेटमा गोल गरिन् । अब मासाले दोस्रो खेलमा मार्च १७ मा काराँची युनाइटेडको सामना गर्नेछ ।

तस्बिर:- हाम्रो खेलकुद डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *