काठमाडौँ । बुधबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । बुधबार नेप्से ०.२६ अंकले घटेको हो । मंगलबार नेप्से १९.३४ अंकले घटेको थियो । आज ३४६ वटा कम्पनीको ९५ लाख कित्ता शेयर ३ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये ११० वटा कम्नपीको मूल्य बढ्दा १५० वटाको घट्यो । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर ८.४५ प्रतिशतले घट्यो।
