प्रधानमन्त्रीलाई सेनाका पूर्वजर्नेलको पत्र

सम्माननीय  प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन साहज्यू
सलाम !

१) म नेपाल सेनाको अवकासप्राप्त अधिकृत हुँ भने नेपालको इतिहास, संस्कार र संस्कृतिको अभिलेख को लागि मेरो निजी खर्चमा सो कामको लागिपरेको १० वर्ष भयो । तर म बि स २०५३ सालदेखि काम गरिरहेको छु । नेपालमा लिखित संविधान छ, लिखित कानुन छन् साथै अलिखित कानुन र नियम पनि छन् । अर्थात् कस्टमरी ल ( Customary Law ) पनि छन् । यो संसारमा हुन्छन् । देशको संविधान भन्दा माथि कस्टमरी ल (Customary Law ) हुन्छन् । यो सबैले मान्नुपर्छ-पर्छ।

) तपाईँ प्रधानमन्त्री भएपछि यो देशले सदियौँदेखि मानी आएका हाम्रा कस्टमरी ल ( Customary Law ) मासिँदै छन्। । उदाहरणको लागि आज मात्र तपाईँले देशको कस्टमरि ल मास्नु भो । तपाईँले भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्दाका तपाईँका पोसाकका तस्बिर तपाईँकै अफिसबाट सार्वजानिक भएको मैले देखें । अन्तर्राष्ट्रिय मान्यता र देशको अनुशासनको लागि समेत तपाईँले किन ‘भेस्ट र कोट – पाइण्ट’ लगाउनु भो ? के तपाईँ युक्रेनको राष्ट्रपति जस्तो युद्ध मैदानको कमाण्ड गर्दै हुनुहुन्छ ? के नेपालको औपचारिक पोसाक छैन ? यस्ता प्रोग्राममा तपाईँको मनखुसीले चल्दैन, चल्दै चल्दैन । प्रधानमन्त्रीको पद यो व्यक्तिको होइन । मनलाग्दो पाराले पोसाक – पहिरन लगाउन पाइन्न । तपाईँले नेपालको इज्जत घटाउनु भएको छ । हाम्रो परम्परा मास्नु भाको छ। याद राख्नुस् प्रधानमन्त्रीज्यू, भारतीयहरु यस्ता औपचारिक कार्यक्रममा अति नै औपचारिक हुन्छन् । उदाहरणयोग्य बन्नुस् । अर्थात् Lead by Example।

३) प्रधानमन्त्रीज्यू, म एउटा अनुशासित सिपाही हुँ । यो देशको परम्पराको सम्मान गर्छु । तर तपाईँका क्रियाकलाप देख्दा साह्रै दुःख लाग्छ . । मलाई कोहीसँग केही लिनु छैन तर म देशको संस्कार, संस्कृति र इज्जत गुमाउन चाहन्न ।

४) अन्तमा, मैले रास्वपाको सरकारलाई साथ दिएको छु । देशमा केही होला भन्ने आस गरेको छु । तर, तपाईँ र तपाईँका पार्टीले मेरो विश्वासघात गरिरहेको महसुस गरेको छु । अवकासप्राप्त कर्मचारीमध्ये बहालवाला र अवकासप्राप्त धेरै मान्यगुन्यहरु जीवितै छन् । तर म मात्र एक्लो देख्छु ? तपाईँका सबल र दुर्बल पाटोलाई जस्ताको तस्तै प्रस्तुत गरेको छु जस्तो लाग्दछ ? तपाईँको सरकारले धेरै राम्रा काम गर्दैछ । तपाईँमाथि भ्रष्टचारका कुनै दाग छैनन् । तर मैले यो देशको लागि, प्रधानमन्त्री पदको मर्यादाको लागि, रक्षामन्त्री पदको मार्यादाको लागि र तपाईँकै लागि पनि विनम्रताको साथ् सुझाव दिएको छु । जो आदेश, श्रीमान् !

– प्रेमसिंह बस्न्यात

Leave a Reply

Your email address will not be published. Required fields are marked *