सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा २९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका थिए । बैठकपछि उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन आग्रह गर्दै मंगलबार नै प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन् ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीको आग्रहअनुसार बुधबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदानका लागि बैठक सञ्चालन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *