काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ संसद बैठक छाडेर हिँडेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै उनी बैठक छाडेर हिँडेकी हुन् । धादिङका सन्तोष राईको ३८ दिनअघि कम्बोडियामा मृत्यु भएको थियो ।
राईको शव त्यहाँको एक अस्पतालमा राखिएको छ । सांसद तामाङले शव ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै सोमबारको बैठकमा पनि यो विषय उठान गरेकी थिइन् ।
मंगलबारको बैठकमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए । तर जवाफ चित्त नबुझेपछि उनले बोल्न खोजेकी थिइन् । तर सभामुखले उनलाई बोल्न दिएनन् मर्यादामा बस्न आग्रह गरेका थिए । तर उनी बोल्न नपाएपछि बैठक नै छाडेर हिँडेकी छन् ।
