काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्री किरण थापालाई बनाउने निर्णय गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूको छलफलले थापालाई मुख्यमन्त्री बनाउने. निर्णय गरेको हो ।
दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटेको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिएका छन् । यसअघि संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
