नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार र गंगालाल हृदय केन्द्रका निर्देशकद्वारा शपथ ग्रहण

काठमाडौं। नेपाल फार्मेसी परिषद्का नवनियुक्त रजिस्ट्रार डा. हरिश सिंह थापा तथा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले दुवै पदाधिकारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

शपथ ग्रहणसँगै उनीहरुले आ–आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *