५८ वर्षपछि रोहिणीका स्थानीयले पाए लालपुर्जा

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

वि.सं. २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा जग्गा दर्ता कायम भएको थियो। तीमध्ये आज २७१ वटा जग्गाको लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको हो ।

लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक कार्यमा समेत सहज हुने अपेक्षा गरिएको छ।

अब बाँकी दर्ता भएका जग्गाको प्रमाणपुर्जा पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः वितरण गरिने सरकारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *