काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ ।
चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
